‘डीडीएलजे’मा ‘राज’को भूमिका गर्न किन चादैनथ्य साहरुख - Crazysaptahik.com

‘डीडीएलजे’मा ‘राज’को भूमिका गर्न किन चादैनथ्य साहरुख

चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ बर्ष भयो । सन् १९९५ अक्टुबर २० मा रिलिज भएको यो चलचित्रले नायक साहरुख खानलाई ‘रोमान्सका वादशाह’ नामले परिचित गराइदियो । नायिका काजोल र नायक साहरुख खानको जोडी सर्वाधिक रुचाइएको जोडी बन्न पुग्यो ।

तर, जतिबेला नायक साहरुख खानलाई निर्देशक आदित्य चोपडाले यो चलचित्रको अफर गरेका थिए, सो समयमा साहरुख यो चलचित्रमा काम गर्ने सोचमा थिएनन् । साहरुखले चलचित्रको अफर अस्विकार गरेका थिए । उनी सुन्दर लोकेशनमा गीत गाउँदै नायिकासँगै भाग्ने कथामा काम गर्ने मुडमा थिएनन् ।

सो समयमा लभ स्टोरी चलचित्रमा नै नायकद्धय सलमान खान र आमिर खान चलिरहेका थिए । साहरुख, उनीहरु भन्दा केही फरक गर्न चाहन्थे । यसैले, बारम्बार यो चलचित्रमा काम गर्न साहरुखले मानेका थिएनन् । साहरुखलाई अफर गर्दा गर्दै हैरान भएका निर्देशक चोपडाले नायक सैफअली खानलाई चलचित्रमा लिने सोच पनि बनाएका थिए ।

तर, चलचित्र ‘करण अर्जुन’को छायांकनका क्रममा साहरुख यो चलचित्रमा काम गर्न तयार भए । नायिका काजोललाई पनि ‘सिम्रन’को भूमिका खासै मन परेको थिएन । यो भूमिका थोरै पट्यारलाग्दो रहेको वुझाई काजोलको थियो । तर, पछि काजोलले सिम्रन पात्रको भाव वुझेपछि काम गर्न तयार भइन् ।

उनले एक अन्तरवार्तामा भनेकी छिन–‘मलाई सुरुवातमा सिम्रनको भूमिका पट्यारलाग्दो लागेको थियो । तर, मैले उनको प्रतिभा वुझेँ । मलाई लाग्यो कि, हामी सबैको मनमा कही नै कही एउटा सिम्रन बाचेकी छ ।’

सम्बन्धित खवर