दुलही केकी - Crazysaptahik.com

दुलही केकी

 

नायिका केकी अधिकारी अहिले पाल्पामा चलचित्र ‘परदेशी २’को छायांकन गरिरहेकी छिन् । चलचित्रमा उनको जोडीको रुपमा प्रकाश सपुतले काम गरिरहेका छन् । साथमा, चलचित्रमा दिलिप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको छायांकन लकडाउनका कारण रोकिएको थियो ।

निर्माणपक्षले लकडाउन अगाडि ७० प्रतिशत छायांकन सकिएको जनाएको छ । बाँकी दृश्यको छायांकनको काम धमाधम भैरहेको बताइएको छ । नारायण रायमाझीको निर्देशनमा तयार भैरहेको चलचित्रमा नायिका केकी अधिकारी दुलहीको भेषमा देखिएकी छिन् । केकीले अनलाइनखबरलाई उपलब्ध गराएको तस्वीरमा उनी बेहुली बनेकी छिन् । तर, केकी चलचित्रमा कसकी दुलही बनेकी हुन् यो भने खुलेको छैन ।

सम्बन्धित खवर