चलचित्र ‘गणपति’को घोषणा भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै मानिस र भगवानविच फरक देखाउने कथामा बन्न लागेको चलचित्रको घोषणा गरिएको हो । यो चलचित्रको छायांकन माघको २ गतेबाट सुरु हुने निर्माणपक्षले बताएको छ । चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन सविन अधिकारीको रहनेछ ।
लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी यो चलचित्रका निर्माता हुन् ।अ विग म्यान फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा मुकुन भुषाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ ।
तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा यो चलचित्रको छायांकन हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । विक्रम स्वाँरको कोरियोग्राफी रहने चलचित्रमा अनिस अधिकारीको संगीत रहनेछ । निर्देशन अधिकारीले चलचित्रको नाम धार्मिक सुनिएपनि धर्मको प्रचार भने नगरिने स्पष्ट पारेका छन् ।