यो बर्ष रिलिज हुँदैछन् अक्षयदेखि तापसीका यी फिल्म - Crazysaptahik.com

यो बर्ष रिलिज हुँदैछन् अक्षयदेखि तापसीका यी फिल्म

कोरोना महामारीका कारण बलिउडले गतबर्ष निकै नै ठूलो क्षती भोग्यो । गतबर्ष रिलिजका लागि तयार भएका केही चलचित्र रिलिज हुन पाएनन् भने नयाँ चलचित्र पनि बन्न सकेनन् । तर, अब यो बर्ष बलिउडमा चलचित्रको चाप बढ्ने निश्चित छ । केही कलाकारका आधा दर्जनसम्म चलचित्र यो बर्ष रिलिज हुनेछन् ।यो बर्ष बलिउडका चर्चित नायकहरु साहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार लगायतको चलचित्र रिलिज हुनेछन्।

यो बर्ष नायक अक्षय कुमारको मात्र ५ वटा रिलिज हुने संभावना छ । अक्षयको चलचित्रहरु ‘सूर्यवंशी, बेल बटम, अतरंगी रे, पृथ्वीराज, रक्षा बन्धन, बच्चन पाण्डे’ यो बर्ष रिलिज हुनेछन् । यस्तै, अक्षयको जस्तै नायक तापसी पन्नुको पनि चलचित्र लाइनअप धेरै छ । उनको यो बर्ष ‘स्याबास मिथु, रश्मी रकेट, हसिन दिलरुबा, लुप लपेटा’ लगायतका चलचित्र रिलिज हुनेछन् ।

यो बर्ष बलिउडका ३ खान साहरुख, सलमान र आमिरको १–१ वटा चलचित्र रिलिज हुने संभावना छ । नायक साहरुख खानको ‘पठान’, नायक सलमान खानको ‘राधे’ र नायक आमिर खानको ‘लाल सिंह चड्ढा’ यो बर्ष रिलिज हुनेछन् ।बलिउड ट्रेड एनालिस्टहरुका अनुसार अघिल्ला बर्षहरुको तुलानामा यो बर्षको सुरुवात कमजोर भैसकेको छ । अर्कोतिर, ५० प्रतिशत अकुपेन्सीमा मात्र दर्शकले चलचित्र हेर्न पाउने भएकाले बलिउडलाई घाटा लाग्नेछ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.