सकियो ‘आई एम ट्वान्टी वान’को छायांकन, रेनशा भन्छिन्–‘चुनौतीपूर्ण काम’ - Crazysaptahik.com

सकियो ‘आई एम ट्वान्टी वान’को छायांकन, रेनशा भन्छिन्–‘चुनौतीपूर्ण काम’

आजबाट चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन ५५ दिनमा सकिएको छ । धरान, काठमाण्डौ, ललितपुर लगायतका स्थानमा चलचित्रको छायांकन गरिएको छ ।

रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको चलचित्रमा नायक धिरज मगर र नायिका जसिता गुरुङको मुख्य भूमिका छ । यो चलचित्रलाई डान्सको कथामा निर्माण गरिएको छ ।

रेनशाले भनिन्–‘मलाई यो चलचित्र निर्देशन गरिसकेपछि मात्र नेपालमा डान्सको कथामा चलचित्र किन बनेन भनेर थाहा भयो । निकै नै चुनौतीपूर्ण काम सकिएको महशुश भएको छ ।’

उनका अनुसार, एकातिर कोभिडका कारण सबैको सुरक्षामा ध्यान दिएर काम गर्नुपर्ने चुनौती अर्कोतिर, नेपालमा व्यवसायिक डान्सरहरु पाउन मुश्किल पर्ने अवस्थाका कारणले पनि काम गर्न गाह्रो भएको थियो ।

तर, सबैको सहयोग र साथले काम राम्रो भएको उनले बताइन् । रेनशाका अनुसार, यो चलचित्रबाट १२ जना नयाँ अनुहारले डेब्यू गर्दैछन् । उनले भनिन्–‘चलचित्रबाट १२ जना नयाँ अनुहार यो क्षेत्रमा भित्रिदैछन् ।

यसमध्ये, ४–५ जनाले मात्र पनि यो क्षेत्रमा करिअर बनाए भने मेरा लागि खुशीको कुरा हुनेछ ।’ रेनशाले आफू चलचित्र क्षेत्रमा पैसा कमाउने उद्देश्यले नआएको बताइन् ।

उनले, यो चलचित्रबाट अर्को चलचित्र बनाउने वातावरण बने मात्र पनि आफूलाई पूग्ने बताइन् । चलचित्रको एउटा गीतको छायांकन बाँकी रहेको बताउँदै रेनशाले भनिन्–‘यो चलचित्र रिलिज भएपछि चलचित्र क्षेत्रका लागि नयाँ कोशेली हुन्छ भन्ने लागेको छ ।

चलचित्र क्षेत्रमा यस्ता कथामा चलचित्र बन्न थाल्नेछन् भन्ने मेरो विश्वास छ ।’ प्रज्ज्वल शमशेशर जबराको निर्माणमा तयार भएको

यो चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन ।

 

 

सम्बन्धित खवर