लक्ष्मी र गौरवको ‘घिन्ताङ’ मुहूर्त - Crazysaptahik.com

लक्ष्मी र गौरवको ‘घिन्ताङ’ मुहूर्त

दीपक श्रेष्ठको निर्देशन रहने फिल्म शुभ–मुहूर्त गरिएको छ । मंगलबार बिहान कमलादी गणेशस्थानमा कलाकार तथा प्राविधिकको उपस्थितिमा फिल्मको मुहूर्त गरिएको हो । अन्तरजातीय प्रेम कथामा निर्माण हुन लागेको फिल्मले निम्न वर्गीय एकल पुरुष र एकल महिलाको जीवनमा आउने उतार चढावलाई प्रस्तुत गर्नेछ ।

फिल्ममा गौरव पहारी र लक्ष्मी बर्देवालको मुख्य भूमिका रहनेछ । नयाँ जोश र जाँगरका उत्कृष्ट कथा दर्शकमा पस्कने उद्देश्यले फिल्म निर्देशन तयारी गरेको निर्देशक श्रेष्ठले बताए ।

फिल्ममा गौरव र लक्ष्मीका अलवा नीर बिक्रम शाह, मदनकृष्ण श्रेष्ठलगायतको समेत अभिनय रहनेछ । फिल्मका कथा साहित्यकार मन्दिरा मञ्जुश्रीले लेखेकी हुन् । फिल्म अगामी शुक्रबारबाट छायाँकनका लागि फ्लोरमा निस्कने निर्माण युनिटले जनाएको छ ।

सम्बन्धित खवर