ऋतिकले भने, ‘जोधा अकबरको निकै कठिन’ - Crazysaptahik.com

ऋतिकले भने, ‘जोधा अकबरको निकै कठिन’

बलिउड । अभिनेता ऋतिक रोशनले आफ्नो २००८ को ब्लकबस्टर फिल्म जोधा अकबरको सम्झना शेयर गरेका छन्, अभिनेताको यो फिल्म निकै कठिन थियो । अभिनेताले इन्स्टाग्राममा लेखेका छन्, ‘याद आयो, जोधा अकबर ।

यो फिल्म निकै मुस्किल थियो । आशुतोषले जब मलाई यो फिल्मको अफर गरेका थिए, तब म निकै डराएको थिएँ । मलाई थाहा छैन कि उनले ममा यस्तो के देखेँ, जसले १० हजार सैनिकको नेतृत्व गर्न सकोस् ।

तर, निर्देशकले गर्न पनि के सक्थेँ? यही कारण हो कि मैले यस फिल्मका लागि स्विकृति दिएँ ।’ उनले फिल्मका केही झलकहरुसँगै यो स्ट्याटस पोस्ट गरेका हुन् । जोधा अकबर २००८ मा प्रदर्शनमा आएको ऐतिहासिक रोमान्टि फिल्म हो ।

यस फिल्ममा ऋतिक रोशन र ऐश्वर्या राय मुख्य भूमिकामा थिए । मुगल सम्राट जलाद उद्दिन मुहम्मद अबर र राजपूत राजकुमारी जोधा बाइको प्रेम काबाहीमा यो कथा आधारित छ ।

सम्बन्धित खवर