विपिन र आँचललाई लक्की मिडियाको सम्मान - Crazysaptahik.com

विपिन र आँचललाई लक्की मिडियाको सम्मान

अभिनेता विपिन कार्की र अभिनेत्री आँचल शर्मा सम्मानित भएका छन् । लक्की मिडिया हाउसले आफ्नो ५ औं वार्षिक उत्सव पारेर चितवनमा आयोजना गरेको एक कार्यक्रममा कार्की र शर्मालाई सम्मान गरेको हो ।

कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांँग्रेसका केन्द्रीय सदस्य गगन थापा, विशिष्ट कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लगायतले दुबैलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

अभिनयमार्फत नेपाली कला क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासमा योगदान पुर्याएको भन्दै दुबैलाई सम्मान गरिएको हो । सो अवसरमा चिकित्सक, शिक्षाकर्मी, व्यवसायी, समाजसेवी र खेलाडी समेत सम्मानित भएका थिए ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह, नेपाली कांँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी, नेता राजकुमार राजभण्डारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली फिल्म ‘जीवन काँडा की फूल’ पनि देखाइएको थियो ।

सम्बन्धित खवर