डिएस डिजिटल सिनेमाको ब्यानरमा फिल्म ‘प्रतिशोध (रिभेन्ज)’ निर्माण हुने भएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहने फिल्मको अर्काे साता शुभमुहुर्त गरिंदैछ ।
रविन श्री, रवी खड्का, राजु पौड्याल, आरजे भिलेन, पदम सुनार, प्रीतिका शर्मा, रेनु थापा लगायतको कलाकारको अभिनय रहने फिल्ममा सुभाष गौतम तथा शंकर अधिकारी घायलका गीत रहनेछन् ।
कृष्ण पाण्डेको छायाँकन, देव महर्जनको द्वन्द्व, राजन महर्जनको नृत्य रहने फिल्म अर्काेसाता मुहुर्त लगत्तै छायाँकनका लागि फ्लोरमा निस्कने निर्देशक अधिकारीले बताए । फिल्मबाट रेनु थापाले अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् ।
केही म्युजिक भिडियोहरुमा अभिनय गरेकी रेनुको फिल्ममा चिनिने सपना रहेको छ ।