जेमी लिवर : दीपिका र आलियको मिमिक्रिी गर्न कठिन - Crazysaptahik.com

जेमी लिवर : दीपिका र आलियको मिमिक्रिी गर्न कठिन

कमेडियन जेमी लिवर कलाकारहरुको मिमिक्री गर्न र मिमिक्रीको भिडियोहरु तयार गरेर आफ्ना प्रसशंसकहरुलाई मनोरञ्जन गर्न माहिर मानिन्छिन् । तर, उनलाई आलिया भट्ट र दीपिका पादुकोणको मिमिक्री गर्न निकै कठिनाई हुने गर्छ ।

आईएएनएस लाइफसँग जेमीले भनेकी छिन्, ‘म आलिया भट्ट र दीपिका पादुकोणको मिमिक्री गर्ने कोसिस गर्दै थिएँ, तर सकिन । तर एक न एक दिन म पक्कै पनि यसलाई सहज रुपमा गर्नेछु । मलाई नयाँ–नयाँ कोसिस गर्न र नयाँ कलाकारहरुको मिमिक्री गर्न मन लाग्छ ।

मलाई सँधैं प्रयोग गर्न मन लाग्छ । हो, आलिया र दिपिकाको मिमिक्री गर्न मलाई गाह्रो हुन्छ, तर एक न एक दिन पक्कै गर्नेछु ।’ गोदरेज एल फायरको वेभ सिरिज ह्यास ट्याग लिव इट अप २०२१ मा आबद्ध जेमीले अगाडि भनिन्, ‘म धेरै कलाकारहरुको मिमिक्री गर्ने कोसिस गर्छु ।

मलाई लाग्छ कि पूरुष कलाकारहरुको मिमिक्री गर्न केही बढी समस्या छ किनकी तपाई उनीहरुको आवाज सही रुपमा बनाउन सक्नुहुन्न् । तर हाउभाउ ठिक हुन्छ । त्यसैले हिरोहरुको मिमिक्री गर्न कठिन हुन्छ ।’

सम्बन्धित खवर