नायक साहरुख खान र नायिका आलिया भट्टले चलचित्र ‘डियर जिन्दगी’मा काम गरेका थिए । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्यो । चलचित्रमा साहरुख र आलियाको केमेष्ट्रीलाई पनि रुचाइयो । अब, साहरुख र आलिया फेरि नयाँ चलचित्रको लागि सहकार्य गर्दैछन् ।
चलचित्रमा साहरुख र आलियाको केमेष्ट्री भने देख्न पाइने छैन । साहरुखको ब्यानर रेड चिल्ली इन्टरटेन्मेन्टबाट बन्न लागेको नयाँ चलचित्र ‘डार्लिग्स’मा नायिका भट्टले काम गर्ने पक्का भएको छ । भारतीय मिडियाका अनुसार, चलचित्रको कथा आमा र छोरीको वरिपरी घुम्छ ।
यो चलचित्रको कथा सुन्ने वित्तिकै आलियाले मन पराएकी थिइन् । यो चलचित्रलाई जसमित के रेने बतौरले निर्देशन गर्दैछिन् । उनले, केही चलचित्रमा सह–निर्देशकको रुपमा काम गरेकी थिइन् ।
चलचित्रमा आलियाको साथमा सेफाली शाह, विजय वर्मा, रोशन मैथ्यू लगायतका कलाकारको अभिनय रहनेछ । मुम्बइको एक मध्यम वर्गी परिवारको कथामा यो चलचित्र बन्नेछ ।