बलिउडकी डान्सिग क्वीन नोरा फतेहीको एउटा भिडियो भाइरल भएको छ । उक्त भिडियोमा नोरा निकै भावुक छिन् । उनले आफ्ना करियरको संघर्षको दिनहरुको बारेमा खुलासा गरेकी छन् ।
नोराको अन्तरवार्ताको क्रममा भनेकी छन्, ’मलाई लागेको थियो भारत आएपछि मलाई लिन कार आउँछ अनि म अडिसनका लागि जानेछु । तर भारत आएपछि मलाई कसैले थप्पड हानेजस्तै भयो ।’ नोराले एक अन्तरवार्ताको क्रममा भनिन्, ’हरेक अडिसनमा रिजेक्सनको सामना गर्नुपरेको थियो ।
मलाई निर्देशकहरुले जानीजानी हिन्दीमा लेखिएको स्क्रीप्ट दिन्थे ता कि मेरो मजाक उडाउन सकियोस् । मलाई त्यसकारण निकै पीडा हुन्थ्यो ।’ उनी उक्त अन्तरवार्तामा रुँदै आफूमाथि भएको दुर्व्यवहारको खुलासा गरिन् ।