ऋतिकले आफूविरुद्ध बयान दिने भएपछि कंगनाले भनिन्, ’म कहाँबाट कहाँ पुगेँ, मेरो मूर्ख पूर्वप्रेमी...’ - Crazysaptahik.com

ऋतिकले आफूविरुद्ध बयान दिने भएपछि कंगनाले भनिन्, ’म कहाँबाट कहाँ पुगेँ, मेरो मूर्ख पूर्वप्रेमी…’

बलिउड उद्योगका अभिनेता तथा अभिनेत्री कंगना रनौत र ऋतिक रोशनबीचको विवाद फेरि चर्चामा आएको छ । कंगनाको मेलबाट १०० वटाभन्दा बढी मेल पठाएको विषयमा उत्पन्न भएको विवाद अझैसम्म विना निष्कर्ष विवादमा नै अल्झिरहेको छ ।

त्यसैसन्दर्भमा आज ऋतिक रोशनले आफ्नो बयान दिने भएका छन् । उनले मुम्बई प्रहरीको क्रिमिनल इन्टेलिजेन्स युनिटलाई आफ्नो बयान दिनेछन् । ऋतिकले बयान दिने भएपछि कंगनाले भनिन्, ’दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो ।

मेरो मुर्ख पूर्व प्रेमी अहिले पनि त्यही समयमा अड्किरहेको छ जहाँ त्यो समय फेरि फर्किएर जान सक्दैन ।’

सम्बन्धित खवर