बीजेपीमा प्रवेश गरे मिथुन - Crazysaptahik.com

बीजेपीमा प्रवेश गरे मिथुन

बलिउड नायक मिथुन चक्रवर्ती औपचारिक रुपमा भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । कोलकत्तामा आइतबार आयोजना भएको र्यालीमा सहभागी हुँदै मिथुनले आफू औपचारिक रुपमा भारतीय जनता पार्टीमा प्रवेश गरेको उद्घोष गरेका हुन् ।

उनी, यसअघि राज्य सभाको सदस्य समेत भैसकेका छन् । उनलाई बीजेपीका नेताहरुले पार्टीमा स्वागत गरेका थिए । मिथुन पार्टीमा आउनु ऐतिहासिक भएको नेताहरुको प्रतिक्रिया थियो ।

वीजेपी पार्टीमा प्रवेश गरेपछि उपस्थित जनतालाई सम्बोधन गर्दै मिथुनले भने–‘मेरा केही सपना पुरा गर्नका लागि मलाई बीजेपीले स्थान दिएको छ । यसका लागि म निकै नै खुशी छु ।’

मिथुनले आफ्नो हिट संवाद बोल्दै भने–‘म कोब्रा हो, जसले एक पटक टोकेर मानिसलाई मार्दिन सक्छ ।’ मिथुनले आफू बंगाली भएकोमा गर्व लाग्ने बताउँदै गरिबहरुको सेवाका लागि काम गर्ने आफ्नो सपना अब पुरा भएको बताएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.