वृत्तचित्र ‘आइ एम बेलमाया’ युकेमा प्रदर्शन - Crazysaptahik.com

वृत्तचित्र ‘आइ एम बेलमाया’ युकेमा प्रदर्शन

गरिबीको रेखामुनी जन्मिएकी पोखराकी बेलमायाको जीवन कथामा आधारित वृत्तचित्र ‘आइ एम बेलमाया’ युकेमा प्रदर्शन गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर एसियन महिला एशोसिएशन (आमा) युकेले उक्त वृत्तचित्र प्रदर्शन गरिएको हो ।

कोभिड–१९ का कारण भर्चुअली मनाइएको कार्यक्रममा थुप्रै महिलाहरुको लागि प्रेरणाको श्रोत बन्न सक्ने उदेश्यले वृत्तचित्र ‘आइ एम बेलमाया’ देखाइएको हो । पोखरा, रत्न चोककी बेलमाया नेपाली हुन् । नौ वर्षकी हुँदा आफ्ना आमाबुवा दुबै गुमाएकी उनको जीवन संघर्ष कथा वृत्तचित्र ‘आइ एम बेलमाया’ मा समेटिएको छ ।

वृत्तचित्र प्रदर्शनबाट ८ सय २ पाउण्ड रकम समेत संकलित भएको छ । उक्त रकम बेलमाया र वृत्तचित्र निर्माण समूहलाई प्रदान गरिनेछ । कार्यक्रममा एशोसिएशनकी अध्यक्ष विभा गुरुङ,।

आई एम बेलमाया’ की निर्देशक सुकार्पेन्टर, बेसहारा लाश व्यवस्थापनमा महत्वपूर्ण भूमिका निभाउँदै आएकी सपना रोका मगर, ब्रिटिश गोरखा आर्मीकी क्याप्टेन अंशु गुरुङ, वारिष्टर स्नेह शाक्य श्रेष्ठ लगायतले नेपाली महिलाले भोग्दै आएको समस्या, संघर्ष, चुनौती, सम्भावना, उत्थान, अधिकारको बिषयमा आ–आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित खवर