अभिनेता सलमान खान भन्छन् मेरो आ’गो जस्तो रिसकै कारण शाहरुख खान र कट्रिना म बाट टाढिए - Crazysaptahik.com

अभिनेता सलमान खान भन्छन् मेरो आ’गो जस्तो रिसकै कारण शाहरुख खान र कट्रिना म बाट टाढिए

बलिउडका चर्चित नायक हुन सलमान खान । बेला बेला विभिन्न कारणले चर्चामा आइरहने सलमानका केही रमाइला किस्सा पनि छन् ।‘ वान्टेड’, ‘दबंग’, ‘दबंग २’ मा निडर प्रहरीको भूमिकामा देखिएका अभिनेता सलमान खान आफ्नै रिससँग डराउँछन्। उनले उक मिडियामा भनेका थिए ‘एक समय म एकदमै रि साहा थिएँ,’ आफ्नो रिसदेखि म आफैँ हैरान थिएँ।

बढी रिसाउने बानीकै कारण इन्डस्ट्रीका धेरै मानिससँग मेरो सम्बन्ध बिग्रियो। यस कुराले मलाई दुःखी बनायो।’ । अगाडी थपे रिसकै कारण शाहरुख खान, कट्रिना कैफ आफूबाट टाढिएको सलमानले बताए। ‘त्यसपछि मैले आफ्नो बानी सुधार्ने प्रयास गरेँ,’ उनले भने, ‘रिस नियन्त्रण गर्न थालेँ। अहिले ममा धेरै सुधार आएको छ।’ तेस्तै, सलमान खान बलिउडका सबैभन्दा सफल अभिनेतामध्ये एक हुन् ।

बक्स अफिसमा सलमान खानको फिल्म सफल हुने ग्यारेन्टी नै मानिन्छ । ३० वर्षभन्दा बढीको करियमा सलमान खानले थुप्रै सुपरहिट र ब्लकबस्टर फिल्म दिएका छन् । सलमान बलिउडका मात्रै होइनन् संसारका सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेतामा पर्छन् ।

फोर्ब्स इन्डियाको सय सेलिब्रिटीको सूचीमा सलमान खान लगातार तेस्रो वर्ष शीर्ष स्थानमा रहे । २७ डिसेम्बरमा बलिउडका सुल्तान भनिने सलमानले आफ्नो ५५ वसन्त पार गरेका छन् । सलमान खानको ब्रान्ड भ्यालूलाई देखेपछि उनका प्रशंसकको मनमा आखिर सलमान खान कति सम्पत्तिका मालिक होलान् भनेर प्रश्न उब्जन्छ । यसको कुनै सिधा र स्पष्ट आँकडा त छैन तर विभिन्न मिडिया रिपोर्टका अनुसार सलमानको सम्पत्ति २ हजार करोडदेखि ३ हजार करोड भारुको बीचमा हुनसक्छ ।

यसै वर्ष जनवरीमा गल्फ न्यूजले बलिउड सेलिब्रिटीको कूल सम्पत्तिको विषयमा एउटा सूची नै जारी गरेको थियो जस अनुसार सलमानको कूल सम्पत्ति २६० मिलिडन डलर आँकलन गरिएको छ । यदि यसलाई नेपाली रुपैयाँमा हेर्ने हो भने यो ३० अर्ब भन्दा बढी हुन्छ ।सन् २०१८ मा फोर्ब्सको सेलिब्रिटी १०० सूचीमा सलमान खानलाई सबैभन्दा धनी भारतीय सेलिब्रिटी घोषित गरिएको थियो ।

यसअघि सन् २०१६ र सन् २०१७ मा पनि सलमान खानले यो सूचीमा शीर्ष स्थान हासिल गरेका थिए । फोर्ब्सको रिपोर्टमा १ अक्टोबरदेखि ३० सेप्टेम्बर २०१८ बीच सलमान खानले २५३ करोड भारु कमाई गरेको जानकारी दिइएको छ ।

सलमानको कमाईमा टाइगर जिन्दा हे र रेस थ्रीको योगदान रह्यो । सलमानको ग्यालेक्सी अपार्टमेन्टमा घर छ । यसबाहेक पनवेलमा एउटा आलिशान फार्म हाउस छ । थुप्रै महँगा कार र मोटरसाइकलका उनी मालिक हुन् ।

सम्बन्धित खवर