बलिउडकी अभिनेत्री मलाइका अरोडले सन् १९९८ मा अभिनेता अरबाज खानसँग विवाह गरेकी थिइन् । तर करिब १८ वर्षपछि सन् २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भयो । मलाइका र अरबाजका एक छोरा पनि छन् ।
उनी सम्बन्धविच्छेदको समयमा १२ वर्षका थिए । उनलाई मलाइकाको जिम्मा लगाइएको थियो । एक अन्तरवार्तामा मलाइकाले छोराले सम्बन्धविच्छेदको बारेमा दिएको प्रतिक्रियाको बारेमा खुलासा गरेकी थिइन् ।
उनका छोराले भनेका थिए, “मम्मी म तपाईंलाई खुशी देखेर निकै खुशी छु ।” छोरा अरहानले दिएको प्रतिक्रियाबारे बोल्दै मलाइकाले भनेकी थिइन्, “छोरालाई हाम्रो सम्बन्धको बारेमा सबैकुरा थाहा थियो ।
हाम्रो परिस्थितिको बारेमा पनि उसलाई सबै थाहा थियो । मलाई छोरालाई बसेर सम्झाउन आवश्यकता नै परेन ।” छोराले अर्जुन कपूरसँगको सम्बन्धलाई समेत स्वीकार गरेको खुलाएकी छिन् ।