नेहा कक्कडको नयाँ तस्बिरमा पति रोहनप्रित लेख्छन्, ‘अझै कति पटक मार्छाै मलाई’ - Crazysaptahik.com

नेहा कक्कडको नयाँ तस्बिरमा पति रोहनप्रित लेख्छन्, ‘अझै कति पटक मार्छाै मलाई’

गायिका नेहा कक्कड सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । फ्यानसँग उनी तस्बिर तथा भिडियो शेयर गरिरहन्छिन् । हालै पनि उनले केही हट तस्बिर सार्वजनिक गरेकी छिन् । जसलाई दर्शकले निकै रुचाएका छन् ।

तस्बिरमा नेहा रातो रंगको आउटफिटमा देखिएकी छन् । ड्रेसका साथ उनले म्याचिङ लिपिस्टिकसमेत लगाएकी छिन् । जसले उनको सौन्दर्यमा निखार ल्याउने काम गरेको छ । यो लुक्समा नेहा निकै सुन्दर देखिएकी छिन् ।

यो लुक्समा उनको अगाडि माइकसमेत रहेको छ । फ्यानले तस्बिरलाई प्रेम र कमेन्टको वर्षा गरेका छन् । नेहाका पति रोहनप्रित सिंह पनि तस्बिर हेरेर दङ्ग परेका छन् । उनले तस्बिरमा कमेन्टमा लेखेका छन्, ‘अझै कति पटक मार्छाै मलाई ।’

नेहाको यो लुक्स आउँदो गीत ‘मतलबी यारिया’ को हो । १२ मार्चमा यो रिलिज हुँदैछ । यसबाहेक नेहा ‘बिग बस १४’ की बिजेता रुबीना दिलैक र उनका पति अभिनव शुक्लाका साथ एक म्युजिक भिडियोसमेत ल्याउँदैछिन् । भिडियो १८ मा मार्चमा रिलिज हुने बताइएको छ ।

 

सम्बन्धित खवर