सलमान खानकी पूर्वप्रेमिकाको खुलासाः ’पाँच वर्षको उमेरमा नै बलात्कारको शिकार भएँ’ - Crazysaptahik.com

सलमान खानकी पूर्वप्रेमिकाको खुलासाः ’पाँच वर्षको उमेरमा नै बलात्कारको शिकार भएँ’

बलिउडका सुपरस्टार सलमान खानकी पूर्वप्रेमिका सोमी अलीले एक अन्तरवार्तामा उनले तीनपटकसम्म यौनशोषणको शिकार भएको खुलासा गरेकी छन् । उनले सानै उमेरमा आफू बलात्कारको शिकार भएको समेत खुलासा गरेकी छन् ।

९० को दशकमा बलिउडमा उदाएकी पाकिस्तानी अभिनेत्री सोमीले आफूमाथि भएको यौन शोषणको बारेमा आमाबुबाको अनुरोधमा बाहिर खुलासा नगरेको बताइन् । उनी अहिले बलात्कारपीडितको सहयोगका लागि एनजीओ चलाएर बसेकी छिन् ।

उनले यसै सिलसिलामा आफूमाथि यौन शोषण भएको खुलासा गरेकी हुन् । उनले भनिन्, “पहिले मेरो पाकिस्तानमा यौनशोषण भएको थियो । म पाँच वर्षको हुँदा ममाथि बलात्कार भएको हो । मैले मेरो आमाबुबालाई भनेकी थिए । र बलात्कारीमाथि कारबाही पनि भएको थियो ।

” उनले अगाडि भनिन्, “मलाई यो विषयमा नबोल्न भएको थियो । तर तर, म ९ र १४ वर्षको उमेरमा पनि बलात्कारको शिकार भएँ ।” सोमीको यो बयानपछि धेरैलाई आश्चर्यमा पारेको छ । सोमी र बलिउडका सलमान खानको ८ वर्षसम्म अफेयर चलेको थियो । तर, सलमानसँग ब्रेकअपपछि सोमीले बलिउड नै छोडिदिइन् ।

सम्बन्धित खवर