अभिनेत्री बिपना थापा अहिले नेपालमा छिन् । पारिवारिक भेटघाटको सिलसिलामा उनी नेपाल आएकी हुन् । करिव एकसय बढी फिल्म अभिनय गरेकी उनी बिवाहपछि फिल्म अभिनयबाट टाढा भएकी हुन् ।
नेपाल आएको अवसर परेकोले पनि उनी शनिबार आयोजित ‘१०औं नेफ्टा अवार्ड’मा सहभागी भएकी छन् । आयोजकले उनलाई अवार्ड समारोहमा सहभागीका निम्तो दिएको थियो । कार्यक्रममा अभिनेत्री बिपनाले १४ बर्षसम्म आफुलाई फिल्म क्षेत्रले नसम्झिएको गुनासो गरिन् ।
‘१४ बर्षसम्म कसैले मलाई सम्झिएन’ बिपनाले कार्यक्रममा भनिन् ‘ आज सम्झदा निकै नै खुशी लागेको छ ।’ बिपनाले आँखभरी आसु पार्दै थपिन् ‘म नेपालमा नभएर पनि होला, साय । मेरो सम्झना गरिएन ।’ अभिनेत्री थापाले छिट्टै नेपाली फिल्म अभिनय गर्न लागेको समेत उक्त अवसर बताइन् ।
उनले भनिन्, ‘कोरोना अगाडि नै फिल्म गर्ने कुरो थियो । तर त्यो हुन सकेन । अव छिट्टै फिल्म पनि खेल्दैछस । थापाले आफुलले अभिनय गर्ने फिल्मको बारेमा भने केही पनि बताइनन् ।