रोहितको जन्मदिनमा ‘सूर्यवंशी’को रिलिज डेट घोषणा - Crazysaptahik.com

रोहितको जन्मदिनमा ‘सूर्यवंशी’को रिलिज डेट घोषणा

 

निर्देशक रोहित सेट्टीको जन्मदिनको अवसर पारेर चलचित्र ‘सूर्यवंशी’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक सेट्टीले सामाजिक संजालमार्फत यो चलचित्र अप्रिल ३० मा रिलिज हुने बताएका छन् ।

यसअघि चलचित्र अप्रिल २ मा रिलिज हुने चर्चा थियो । तर, महाराष्ट्रमा कोभिड संक्रमितको संख्या बढ्न थालेपछि चलचित्रको रिलिज मिति अन्यौलमा थियो । रोहितले सामाजिक संजालमा लेखेका छन्–‘प्यारा दर्शक, तपाइहरुले एक बर्षदेखि हाम्रो चलचित्रको प्रतिक्षा गरिरहनुभएको छ ।

अब, हाम्रो लागि यो भन्दा खुशीको कुरा अरु केही हुन सक्दैन कि, यो चलचित्र अप्रिल ३० बाट हलमा रिलिज हुँदैछ ।’ रोहितले महाराष्ट्रमा कोभिड संक्रमितको संख्या बढेको भन्दै ५० प्रतिशत अकुपेन्सीमा दर्शक राखेर चलचित्र चलाउने निर्णय गरिएको पनि बताए ।

यो निर्णयको आफूहरुले स्वागत गर्ने उनले बताए । उनले, महाराष्ट्रमा कोभिडको खोप लगाउने क्रम पनि बढेको बताएका छन् । यो चलचित्रमा अक्षय कुमार र कट्रिना कैफको मुख्य भूमिका छ । यो चलचित्र रिलिज भएपछि हलसम्म दर्शक आउने क्रम बढ्ने विश्वास चलचित्र पण्डितहरुको छ ।

 

सम्बन्धित खवर