बलिउड अभिनेता गोबिन्दाले अब आफू पहिले झैं पवित्र नरहेको बताएका छन् । गोबिन्दाका अनुसार इन्डष्ट्रिमा उनलाई पाखा लगाउनका लागि, राम्रो भूमिका प्रदान नगर्नका लागि, उनको फिल्म रिलिज नगरिदिनका लागि उनीविरुद्ध षड्यन्त्र रचिँदै छ ।
एक अन्तरवार्तामा यसबारे कुरा गर्दै गोबिन्दाले अब आफूले भावुक भएर समस्या सुल्झाउने नगरेको बताउँदै आफू व्यापारी जस्तो भएको बताएका छन् । टाइम्स अफ इन्डियासँगको कुराकानीमा गोबिन्दालाई आजकाल तपाईंले आफ्नो अध्यात्मको पाटो अपनाइरहनुभएको छ भनेर सोधियो ।
यसको जवाफमा उनले भने, ‘होइन, यसको ठिक विपरित भइरहेको छ ।’ गोबिन्दाले भने, ‘म अब भ्रष्ट र कडा भएको छु । आजकाल म पार्टी गर्छु, रक्सी पिउँछु, चुरोट पिउँछु । पुरानो गोबिन्दा निकै पवित्र थियो ।
पहिला मेरो भावुकता मेरो कामको बीचमा आउँथ्यो तर अब म भावुक हुदिनँ । म अब कुराहरुलाई प्रोफेशनल र व्यापारको दृष्टिकोणले ह्यान्डल गर्छु ।’ गोबिन्दाले भने, ‘मविरुद्ध इन्डष्ट्रिमा मानिसहरुले षड्यन्त्र फैलाइरहेका छन्, मेरो छवि धुमिल बनाइरहेका छन् ।
’ के तपाईंले आजकाल सबै अफर अस्विकार गरिरहनुभएको हो भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘यो नयाँ आजकाल हो जुन आजकाल फैलिरहेको छ ।’ उनले भने, ‘उनीहरु वास्तवमा मलाई यस्ता फिल्म अफर गरेर मविरुद्ध षड्यन्त्र रचिरहेका छन् जुन मलाई मन पर्दैन ।
जस्तै सेक्स र हिंसायुक्त फिल्म । यदि तपाईंलाई अत्यधिक सेक्सयुक्त सामग्री भएको फिल्म बनाउनु छ भने पोर्न फिल्म किन बनाउनुहुन्नँ ?’ गोबिन्दाले थपे, ‘मलाई यो पनि थाहा छ कि एउटा अफिसमा मानिसहरुले के कुरा गरिरहेका थिए ।
उनीहरुले यतिसम्म भनेका थिए, ‘गोबिन्दालाई १५ सिन र दुईवटा गीत दिऔं, पछि उनलाई भगवान दादा बनाऔं र गीतमा मात्रै काम गराऔं । त्यसपछि उनलाई जुनियर आर्टिस्ट बनाइदिऔं ।’’ उनले भने, ‘तर मैले उनीहरुलाई यसमा सफल हुन दिइनँ ।
मैले ब्यान्ड बजाइदिएँ । म हिरोको रुपमा फिर्ता भएँ र फिल्म निर्माण गरेँ । यद्यपि, यो भिन्न कुरा हो कि मेरो फिल्मले कुनै प्लेटफर्म पाएन ।’ स्मरण रहोस्, ९० को दशकका सुपरस्टार गोबिन्दा लगातार फ्लप फिल्मको सामना गरिरहेका छन् ।