मेरो पुर्वपत्नि अमृता सँग डिभोर्स भएपनि मैलै उनलाई करिनालाई भन्दा बढि माया गर्छु– अभिनेता सैफ - Crazysaptahik.com

मेरो पुर्वपत्नि अमृता सँग डिभोर्स भएपनि मैलै उनलाई करिनालाई भन्दा बढि माया गर्छु– अभिनेता सैफ

अभिनेता सैफले केहि दिन पहिला एउटा अन्तरवार्तामा अमृता सिंहसँग आफ्नो डि–भोर्सको बारेमा बोलेका छन्। अन्तर्वार्तामा जब सैफलाई तपाईले आफ्ना बच्चाहरूलाई आफ्नो सम्बन्धविच्छेद बारे कसरी बताउनु भएको छ ? भन्ने प्रश्न सोधिएको थियो तब उनले भने, यो संसारकै नराम्रो चीज हो म अझै महशुस गर्छु।

म चाहन्थे की म जे छु त्यो भन्दा फरक हुँ। त्यहाँ केही त्यस्ता कुराहरु छन् जसले मलाई शान्ति दिँदैन। त्यस समयमा म मात्र २० वर्षको थिए, आज धेरै कुराहरु परिवर्तन भइरहेका छन्। हरेक मानिस आमाबुबासँगै बस्न चाहन्छन्। बच्चाहरुलाई सही वातावरण प्रदान गर्न आवश्यक छ भन्छन् सैफ।

सैफले आधुनिक परिवारको अवधारणामा बोल्दै भने कुनै पनि बच्चा आफ्नो परिवार वा बाबुआमाबाट अलग हुनुहुदैन। यसले बच्चाहरूमा नकारात्मक प्रभाव पार्दछ। कहिलेकाहीं परिस्थिति असहज हुन्छ र अभिभावकसँगै नहुने अवस्था सिर्जना हुन्छ। बच्चाहरुका लागि स्थिर घर र वातावरण हुन जरुरी छ।

सैफले सन् १९९१ मा अमृता सिंहसँग विवाह गरेका थिए। उनीहरुको सन्तान सारा अली खान र इब्राहिम अली खान हुन्। भने उनीहरुले २००४ मा सम्बन्धविच्छेद गरेका थिए। यस्तै, २०१२ मा सैफले आफू भन्दा १० वर्षे कम उमेरकी करिना कपुरसँग विवाह गरे। नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.