ट्विकंल खन्नाको प्रेममा थिए करण जौहर - Crazysaptahik.com

ट्विकंल खन्नाको प्रेममा थिए करण जौहर

बलिउडका कुशल निर्देशक करण जौहर र अभिनेत्री ट्विकंल खन्ना एउटा विज्ञापनमा देखिएका छन् । यी दुईको सानदार जोडीलाई धेरैले मन पराएका छन् ।

ट्विकंल र करण एक अर्कालाई बच्चाबेलादेखि नै चिन्थे । उनीहरु बालापनदेखि नै नजिकको साथी भएको करणले एक अन्तरवार्तामा बताएका थिए । विद्यालयमा पढ्दादेखि नै करणले ट्विकंललाई मन पराउँथे ।

उनले एक अन्तरवार्तामा खन्नासँग विद्यालय पढ्दा नै प्रेम रहेको खुलासा गरेका हुन् । उनले आफू विवाहित भएको भए ट्विकंलसँग नै विवाह गर्ने पनि बताएका थिए ।

यता, खन्नाले पनि करणको बालापनको बारेमा कुराकानी गरेको थिइन् । उनले करण स्कुल पढ्दा बारम्बार स्कुलबाट भाग्ने कोसिस गर्ने र एकपटक समातिएको किस्सा पनि सुनाएकी थिइन् ।

करणले ’कुछ कुछ होता है’ बाट निर्देशनको काम सुरु गरेका हुन् । उनले डेब्यु गरेको फिल्ममा खन्नालाई खेलाउन चाहान्थे तर उनले अस्वीकार गरिन् । तर उक्त फिल्मबाट रानी भने सुपरहिट भइन् ।

सम्बन्धित खवर