कोभिडको भ्याक्सिन लगाएका अभिनेता परेश रावल कोरोनाद्वारा संक्रमित, बलिउडका थुप्रै कलाकार आइसोलेसनमा - Crazysaptahik.com

कोभिडको भ्याक्सिन लगाएका अभिनेता परेश रावल कोरोनाद्वारा संक्रमित, बलिउडका थुप्रै कलाकार आइसोलेसनमा

भारतमा दोस्रो लहरको कोरोना व्यापक हुँदै गइरहेको अवस्थामा मायानगरी मुम्बईको बलिउड इन्डष्ट्रि पनि यसको चपेटमा आएको छ । हालै,  लोकप्रिय कलाकार तथा  भारतीय  जनता  पार्टीका सांसद परेश रावल कोरोना संक्रमित भएका  छन् ।

परेस रावलले शुक्रबारका आफ्नो ट्विटर ह्याण्डालबाट आफू कोरोनाद्वारा संक्रमित भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘म कोरोना संक्रमित भएको छु। विगत १० दिनदेखि मेरो सम्पर्कमा आउनु हुने जो कोही महानुभावले पनि पीसीआर टेस्ट गराउनु होला ।

’ ६५ वर्षीय लोकप्रिय कलाकारले कोभिड १९ विरुद्धको पहिलो डोजको भ्याक्सिन लगाइसकेका छन् । १८ दिन अघि परेश रावलले  ९ मार्चका दिन भ्याक्सिनको पहिलो डोजको भ्याक्सिन लगाएका थिए ।

भ्याक्सिन लिए पछि उनले यस विषयमा  जानकारी दिँदै ट्वीटरमा आफ्नो फोटो पनि पोस्ट गरेका थिए । भारतमा दोस्रो लहरको कोरोना संक्रमण अति तीव्र रूपले फैलँदै गइरहेको छ। भारतमा कोरोना भाइरसका विभिन्न नयाँ भेरिएन्ट जस्तै ‘यूके  भेरिएंट’ , ‘ब्राजीलियन  भेरियन्ट’, ‘दक्षिण  अफ्रीकी  भेरियन्ट’ भित्रिसकेका छन् ।

यी भेरियन्टका विरुद्ध कोभिड भ्याक्सिन निष्प्रभावी रहेको समाचार आइसकेका छन् । यसका साथै,   भारतमै उत्परिवर्तित भएका कोरोनाका नयाँ संस्करणलाई पनि पहिलाको तुलनामा ‘वाइल्ड’ भनिएको छ।

हालै त्यहाँ डबल म्युटेन्टको कोरोना भाइरस देखिएको समाचार प्रकाशित भएको छ । स्वास्थ्यकर्मीहरुले पहिलादेखि नै  भ्याक्सिन लिएका मानिसमा पनि कोरोना संक्रमण हुनसक्ने चेतावनी दिँदै आएका छन् ।

दोस्रो लहरको कोरोनाद्वारा संक्रमित हुने कलाकारहरुमा कार्तिक  आर्यन, सिद्धान्त चतुर्वेदी, अर माधवन, आमिर खान, रणवीर  कपूर, मिलिन्द सोमन  पनि रहेका छन।

 

सम्बन्धित खवर