लामो समयपछि हलमा नेपाली सिनेमा - Crazysaptahik.com

लामो समयपछि हलमा नेपाली सिनेमा

कोभिड–१९ का कारण लामो समय बन्द रहेका नेपाली सिनेमा हलहरु विस्तारै जुर्मुराउने प्रयासमा छन् । यसक्रममा नयाँ नेपाली चलचित्र ‘गुड फ्रेण्ड’ अर्को शुक्रवार अर्थात चैत २० गते प्रदर्शनमा आउने भएको छ ।

कोरोना संक्रमणको त्रास एक वर्षपछि पुनः बढीरहेकै बेला ‘गुड फ्रेण्ड’ निर्माण पक्षले यसलाई प्रदर्शनमा ल्याउने कुरा बताएको हो । समसामयिक विषयवस्तु तथा प्रेमकथामा आधारित एक्शन प्रधान ।

यो चलचित्रका निर्माता पम्फा बर्मा तथा फारुबी बर्मा हुन्, भने यसमा मुकेश ढकाल, सविना कार्की, एलबि कटुवाल, वसन्त बर्मा, राजन महर्जन, पूजा महर्जन, राज सिंह आदिले अभिनय गरेका छन् । चलचित्र ‘गुड फ्रेण्ड’ का निर्देशक राजबहादुर साने हुन् ।

सम्बन्धित खवर