सकियो ‘चिसो मान्छे’ को छायाँकन - Crazysaptahik.com

सकियो ‘चिसो मान्छे’ को छायाँकन

दीपेन्द्रकुमार खनालको निर्देशन रहेको फिल्म ‘चिसो मान्छे’को छायाँकन सकिएको छ । शनिबारबाट फिल्मको छायाँकन सकिएको हो । २७ दिनको नियमित छायाँकनपछि फिल्म सकिएको निर्देशक खनालले जानकारी दिए ।

फागुन १७ गते ललितपुरको महालक्ष्मी मन्दिरमा शुभसाइत गर्दै छायाँकनमा निस्किएको फिल्म बाजुरा पुगेर सकिएको हो । फिल्मको धेरै भाग बाजुरामै खिचिएको छ । लेखन, छायांँकन समेत निर्देशक खनालकै रहेको फिल्म शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसी लगायतका कलाकारको मुख्य अभिनय रहेको फिल्ममा सुभाष भुषालको संगीत छ । समाजका चिसो पात्रको रुपमा रहेका मानिसको कथा भन्ने फिल्म नयाँ बर्षको ११ भदौमा रिलिज हुनेछ ।

सम्बन्धित खवर