सकियो वर्षाको ‘ए साथी सुन’ - Crazysaptahik.com

सकियो वर्षाको ‘ए साथी सुन’

 

राघव आचार्य निर्देशित फिल्म ‘ए साथी सुन’को छायाँकन सकिएको छ । महाशिवरात्रिको दिन ललितपुरको खोकनाबाट सुरु भएको फिल्म बुधबार सकिएको हो । गीत बाहेक फिल्मको छायाँकन १६ दिनमा सकिएको हो ।

अभिनेत्री वर्षा सिवाकोटीले हेटौंडामा आजदेखि उक्त फिल्मको छायांकन पुरा भएको फेसबुकमार्फत जानकारी गराएकी छिन् । ‘कम समयमा राम्रो काम सकाएर चलचित्र ‘ए साथी सुन’को सेटबाट सबैले आज बिदा लिएका छौं,’ गीत बाँकी रहेको समेत बताउँदै उनले अगाडि लेखेकी छन्, ‘सम्पूर्ण टिमलाई धन्यवाद ।’

इभान इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बीना कार्कीको निर्माण रहेको फिल्ममा वर्षाको अलवा रमेश बानियाँको समेत मुख्य भूमिका रहेको छ । फिल्ममा जयनन्द लामा, सुशील पोख्रेल, रमेश अधिकारी, प्रतीक्षा शाह चन्द, सुभाष शाहलगायतका कलाकारको अभिनय रहेको छ । मानकृष्ण महर्जनको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा कुमार महर्जनको द्वन्द्व छ । फिल्मको छायाँकन हेटौंडा तथा वीरगञ्जमा गरिएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.