अञ्जु पन्तकी छोरी पारितोषिका ‘मोडल हन्ट’ को सेकेन्ड रनरअप विजेता - Crazysaptahik.com

अञ्जु पन्तकी छोरी पारितोषिका ‘मोडल हन्ट’ को सेकेन्ड रनरअप विजेता

 


गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त फेसन प्रतियोगीता ‘मोडल हन्ट नेपाल २०२१’ को तेस्रो विजेता भएकी छन्। शनिबार साँझ सोल्टी होटल क्राउन प्लाजामा भएको कार्यक्रममा पुरुषमा प्रविण चापागाई र महिलामा अनिशा शाक्य विजेता भएका थिए।

सिजन ६ अन्तर्गत भएको प्रतियोगीतामा पुरुषतर्फ मिनाल्ड लामिछाने फस्ट रनरअप र अनुप कार्की सेकेन्ड रनरअप भएका थिए। यस्तै महिलातर्फ श्रीयाश्री श्रेष्ठ फस्ट रनरअप र परितोषिका पन्त सेकेन्ड रनरअप भएकी छन्।

तेस्तै, परितोषिकाका कारण आजसम्म अञ्जुले कुनै तनाव लिनुपरेको छैन । अञ्जु भन्छिन्–‘मलाई चौतर्फी रुपमा तनाव हुँदा पनि छोरीका कारण खुशी मिलेको छ । यसैले पनि मलाई बाँच्ने आधार मिलेको छ ।’

परितोषिका मोडलिङ गर्ने र नायिका बन्ने सोचका साथ अगाडि बढेकी छन् । उनलाई नायिका बनाउनका लागि निर्माता–निर्देशक अञ्जुको घरसम्म पुगेका छन् । अब भने अञ्जु छोरीलाई कला क्षेत्रमा ल्याउने तयारीमा लागेकी छिन् ।

अञ्जु पन्तको स्वर आफैंमा ‘भगवानको उपहार’ हो भनिन्छ । तर, छोरी गायन क्षेत्रमा आउने सोचमा छैनन् । किन उनले गायिका नबन्ने सोच राखेकी होलिन् ? परितोषिका भन्छिन्–‘मेरो गीत गाउने रहर मात्र हो ।

म ममीको सफलतालाई भेट्न सक्दिनँ । उहाँ जस्तो दोश्रो कोही जन्मिन्छ भन्ने मलाई लाग्दैन । यसैले पनि रहरका लागि मात्र आउनु भन्दा नआउनु नै ठीक लाग्यो । म मोडलिङमा नै केही गर्छु ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.