‘फुलबुट्टे सारी’ को कभर गीत गाएर चर्चामा आएकी युगाण्डाकी गायिका बियोन्सी संग मिलेर मदनकृष्णले युगल गीत गाउने, तस्वीर सेयर गर्दै लेखे यस्तो स्टाटस - Crazysaptahik.com

‘फुलबुट्टे सारी’ को कभर गीत गाएर चर्चामा आएकी युगाण्डाकी गायिका बियोन्सी संग मिलेर मदनकृष्णले युगल गीत गाउने, तस्वीर सेयर गर्दै लेखे यस्तो स्टाटस

‘फुलबुट्टे सारी’ को कभर गीत गाएर चर्चामा आएकी युगाण्डाकी गायिका बियोन्सी फर्मासीले भेट्रान अभिनेता मदनकृष्ण श्रेष्ठसँग युगल गीत गाउने भएकी छन् । गायनमा समेत पोख्त श्रेष्ठले ‘फुलबुट्टे सारी’ को लिजेन्ड भर्सन गाएका थिए, जसले यूट्युवमा ५० लाख भ्यूजको आँकडा पार गरिसकेको छ ।

श्रेष्ठले फेसबुकमार्फत आफूहरुले युगल गीत रेकर्ड गराउने तयारी गरेको जानकारी गराएका हुन् । पेशाले सिभिल इन्जिनियर बियोन्सले फुलबुट्टे सारीको कभर गाएपछि यो गीतले अन्तर्राष्ट्रियकरणको रुप लिएको महसुस भएको उनले उल्लेख गरेका छन् ।

बियोन्ससँगको तस्वीर सेयर गर्दै उनले लेखेका छन्, ‘बियोन्सका तरुनी स्वरसँग मेरो बुढो स्वर मिल खाला कि नखाला खै‘!’

बियोन्सले गाएको फुलबुट्टे सारीको कभरले यूट्यूवमा तहल्का पिटिरहेको छ । यूट्यूवमा अपलोगड भएको १८ दिनसम्ममा ६१ लाख भ्यूज कटाएको यो कभर गीतले चाँडै अब केही दिनमै एक करोडको आँकडा छुन सक्ने देखिन्छ । मदनकृष्णले यो गीतलाई लिएर फेसबुकमा बियोन्सको तारिफ गरेका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.