पथरी शनिश्चरे- मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा वडा नम्बर ९ मा महिलाहरुका लागि उद्घोषण तालिम सम्पन्न भएको छ ।
वडा महिला समूहको आयोजनामा भएको तालिमको समापनका अवसरमा बोल्दै नगर प्रमुख दिलीपकुमार राईले महिलाको सृजनशिलताको विकासका लागि नगरले सदैव कार्यक्रमहरु तय गरिरहने बताउनु भयो ।
ललिता कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख राईका साथै ९ नम्बर वडाध्यक्ष भानुभक्त राई, ८ नम्बर वडाध्यक्ष बाबुराम दहाल, कार्यपालिका सदस्य निर्मला गदालले सहभागिलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
नगरपालिकाका सूचना सम्पादक भूपेन्द्रराज तिम्सिनाले ५ दिने तालिमको सहजिकरण गर्नुभएको थियो ।