भारत रिलिजका लागि ‘प्रेम गीत ३’ हिन्दीमा डविङ - Crazysaptahik.com

भारत रिलिजका लागि ‘प्रेम गीत ३’ हिन्दीमा डविङ

फिल्म ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा पनि रिलिज हुने भएको छ । एकसाथ रिलिजका लागि निर्माण युनिटले ‘प्रेम गीत ३’ लाई हिन्दी भाषामा पनि डबिङ गराएका छन् ।

फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुको गरेको निर्देशक सन्तोष सेनले बताए । सेनले फिल्मको हिन्दी भाषामा डबिङ्ग समत सकिएको जानकारी दिए । फिल्म विभिन्न भाषामा समेत रिलिजको तयारीमा आफु लागेको उनले सुनाए ।

‘डबिङ्गको क्रममा बलिउड कलाकारले फिल्मको प्रशंसा समेत गरेका छन्’ सेनले थपे ‘यसले मलाई निकै उत्साहित तुल्याएको छ ।’ उनीहरुले फिल्मको कथाअनुसार लोकेशन र कलाकारको अभिनयले फिल्मलाई सफल बनाउने दावी समेत गरेको सेनको भनाई रहेको छ ।

२०० सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा उतारेको फिल्म स्वर्गीय छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्तरुपमा निर्देशन गरेका छन् । छेतेन गुरुङ र मन्दिप गौतमको लेखक रहेको फिल्मका निर्माता सन्तोष सेन र सहनिर्माता कुमार सान शाह र ओएसआर डिजिटल रहेका छन् ।

फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्वृद्धि शाही ठकुरी, योगिसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्म कोरोनाको कहर हटेपछि सार्वजनिक प्रदर्शनमा आउँनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.