फिल्म ‘गेम ओभर’ बन्ने - Crazysaptahik.com

फिल्म ‘गेम ओभर’ बन्ने

फिल्म ‘गेम ओभर’ निर्माण हुने भएको छ । आर.एल फिल्मस् इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म आर.एल लामा मोक्तानले निर्देशन गर्न लागेका हुन् ।

लेखन समेत निर्देशक लामाकै रहने फिल्मका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान हुन् । फिल्ममा बुद्धि तामाङ, धिरेन शाक्य, आर.एल लामा मुक्तान, कविता राय, सारदा गिरी, रामचन्द्र अधिकारी, सुरबिर पण्डित, मिलन श्रेष्ठ, जयकिसन बस्नेत, सुशिल पोखरेल, रमेश बस्नेत, बलराम धमलालगायतको अभिनय रहने छ ।

सोनम मोक्तान, लंकामाया मुक्तान, मिलन श्रेष्ठ र शेखर लामा निर्माता रहेको फिल्म बैशाखको अन्यबाट छायाँकनका लागि फ्लोरमा निस्कनेछ ।

मकवानपुर आसपासका स्थानमा छायाँकन हुने फिल्ममा रोशन श्रेष्ठको द्धन्द्ध, रामेश्वर हुमागाइँको छायाँकन, बिकास चौधरीको संगीत र रामजी लामिछानेको नृत्य रहनेछ । कुनैपनि खेल अधुरो छोड्नु हँदैन भन्ने बिषय फिल्मको कथा रहेको निर्देशक मोक्तानले बताए ।

‘फिल्ममा प्रेम कथा समेत रहनेछ’ मोक्तानले भने ‘कोरानाको समय कलाकार प्राविधिकका लागि केही राहात पुगोस् भनेर फिल्म गर्न लागेको हो ।’ मोक्तानको निर्देशक रहेको फिल्म ‘चोर पुलिस’ अहिले प्रदर्शनको तयारीमा रहको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.