‘तिमीसँगै हुने मन छ’को छायाँकन - Crazysaptahik.com

‘तिमीसँगै हुने मन छ’को छायाँकन

फिल्म ‘तिमीसँगै हुने मन छ’को छायाँकन आगामी जेठमा हुने भएको छ । कोरोनाको कारण फिल्मको सुटिङ सरेर जेठमा पुगेको हो । फिल्म दिवाकर भट्टराइले निर्देशन गर्न लागेका हुन् ।

भट्टराई वैशाख ५ गतेबाट फिल्म छायाँंकन सुरु गर्ने तयारीमा थिए । तर, कोरोनाको दोस्रो लहरका कारण निर्धारित समयमा उनले फिल्म सुरु गर्न सकेनन् ।

ढिलो भएपनि उनले फिल्म सुटिङमा जाने तयारी गरिरहेका थिए । सरकारले बैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने भएपछि छायाँकन जेठमा पुर्याएका हुन् ।

फिल्मका लागि भारतबाट नायक रोहित सुचान्तीसहित १२ जनाको टिम नेपाल आइसकेको थियो, भने अन्य १५ जनाको टोली मुम्बईबाट आउँनुपर्ने थियो । लकडाउन हुने भएपछि फिल्मको सुटिङ रोकिएको छ ।

‘अहिले जेठसम्मका लागि फिल्मको छायाँकन रोकेको छु । तर, यस्तो स्थिति छ, जेठबाट पनि के हुन्छ भन्न सकिन्न’ भट्टराइले भने ‘ जेठमा सुरु गर्न सकिएन भने भदौमा गर्नुपर्ला ।’

फिल्ममा रोहितको अलवा अभिनेत्री दीपिका प्रसाईं, नाजिर हुसेनलगायतको मुख्य भुमिका रहनेछ । फिल्ममा छायाँकारदेखि कोरियोग्राफरसम्म बलिउडकै रहनेछन् ।

सम्बन्धित खवर