सकियो ‘प्रकाश’को छायाँकन - Crazysaptahik.com

सकियो ‘प्रकाश’को छायाँकन

फिल्म ‘प्रकाश’को छायाँंकन सकिएको छ । जुम्लामा ४२ औं दिनको छायाँंकन पछि फिल्म सकिएको हो ।
प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहेको फिल्मको निर्देशक दिनेश राउत हुन् ।

प्रदीप र रेनुको अलवा फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बीसीलगायतका कलाकारको समेत अभिनय छ ।

इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता महेन्द्र अधिकारी हुन् । राजेश श्रेष्ठको छायाँंकन, विकास सुवेदीको कथा रहेको फिल्ममा एलिस कार्की र दीपक शर्माको संगीत छ ।

सरकारी स्कुलको शिक्षक बन्नका लागि एक युवाले गर्ने संघर्षको कथा बिषयबस्तु बनाएको फिल्म युनिट छायाँंकन सकेर काठमाडौं फर्किएको छ ।

सम्बन्धित खवर