कोरोनामुक्त भएपछि छायांकनका लागि लद्दाख पुगे आमिर - Crazysaptahik.com

कोरोनामुक्त भएपछि छायांकनका लागि लद्दाख पुगे आमिर

केही समय अगाडि बलिउड नायक आमिर खान कोरोना संक्रमित भएका थिए । तर, कोरोनाबाट मुक्त भएपछि उनी काममा फर्किएका छन् ।

आमिर अभिनित चलचित्र ‘लाल सिंह चड्ढा’को छायांकन लद्दाखमा सुरु भएको छ । चलचित्रको छायांकनका लागि आमिर लद्दाख पुगेका हुन् ।

यो चलचित्रको छायांकन सुरु भएको लामो समय भैसक्यो । तर, कोरोनाका कारण चलचित्रको छायांकन सक्न यसको निर्माणपक्षलाई मुश्किल परिरहेको छ ।

लद्दाखमा आमिरले चलचित्रको छायांकन ४५ दिनसम्म गर्नेछन् । चलचित्रमा आमिरसँग नायक विजय सेतुपतिले काम गर्ने चर्चा थियो ।

तर, विजयले चलचित्रमा काम नगरेपछि नाग चैतन्यले सो भूमिका निर्वाहा गर्नेछन् । चलचित्रमा नायिका करिना कपुरको पनि मुख्य भूमिका छ ।

यो चलचित्रमा कारगिल युद्धको दृश्य सुरुवातमा विदेशी भूमिमा हुने फाइनल गरिएको थियो । तर, कोरोनाका कारण चलचित्रको छायांकन लद्दाखमा सुरु गरिएको हो ।

लद्दाखमा कारगिलको सेट बनाएर चलचित्रको छायांकन गर्न लागिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्र हलिउड चलचित्र ‘फारेस्ट गम्प’को रिमेक हो ।

सम्बन्धित खवर