‘आरसी १५’मा राम चरण र कियराको जोडी - Crazysaptahik.com

‘आरसी १५’मा राम चरण र कियराको जोडी

बलिउड नायिका कियरा आडवाणीको क्रेज ह्वात्तै बढेको छ । यसकारण, पनि उनको छायांकन सेड्यूल निकै नै कसिलो छ । उनै, कियरा साउथका सुपरस्टार राम चरणको साथमा चलचित्र ‘आरसी १५’मा अभिनय गर्ने तयारीमा छिन् ।

भारतका विभिन्न भाषामा बन्न लागेको यो चलचित्रको छायांकन सेप्टेम्बरबाट सुरु गर्ने तयारी निर्माताको छ । राम चरणको मुख्य भूमिका रहेको चलचित्र ‘आरआरआर’को छायांकन सेड्यूल कोभिडका कारण प्रभावित भएका कारणले यो चलचित्रको काम सुरु हुन समय लागेको हो ।

एस शंकरले निर्देशन गर्न लागेको यो चलचित्रलाई दिल राजुले निर्माण गर्नेछन् । एक्सन र ड्रामा भरपुर रुपमा प्रयोग गरिने यो चलचित्रमा राम चरण एक प्रहरी अफिसर्सको भूमिकामा देखिदैछन् । यो चलचित्रलाई ६ महिना लगाएर छायांकन गरिनेछ ।

सम्बन्धित खवर