७० प्रतिशत सकियो ‘आँधी तुफान–२’ - Crazysaptahik.com

७० प्रतिशत सकियो ‘आँधी तुफान–२’

निषेधाज्ञाका कारण रोकिएका धेरै फिल्मका छायाँकन अझै सुरु हुन सकेको छैन । फिल्म ‘आँधी तुफान–२’ले भने अघिल्लो साताबाट छायाँकन सुरु गरेको छ ।

फिल्मको केही दिनदेखि बालाजुस्थित चलचित्र विकास कम्पनीका छायाँकन भइरहेको निर्माता मौनता श्रेष्ठले बताए । उनले अहिलेसम्म फिल्मको छायाँकन ७० प्रतिशत पुरा भएको समेत जानकारी दिए ।

गत बैशाखमा शुभ–मुर्हूतसहित छायाङ्कनमा निस्किएको फिल्म कोरोनाको दोस्रो लहरका कारण छायाँकन रोकिन पुगेको थियो । अहिले भने छिट्टै छायाँकन सकाउने उद्देश्यका फिल्मको छायाँकन भइरहेको छ ।

‘छायाँकनका लागि अहिले केही सहज वातावरण भएकोले हामीले फेरि सुटिङ थालेका हौ’ निर्माता श्रेष्ठले भने–‘उच्च स्वस्थ्य सुरक्षाको साथ सुटिङ गरिरहेका छौं ।’

विभिन्न कारणले फिल्मको सुटिङ समयमै सकाउनुपर्ने भएकोले अहिले सुटिङ सुरु गरिएको श्रेष्ठको भनाई रहेको छ । मदन घिमिरेको निर्देशन रहेको फिल्मका निर्माता चक्रबहादुर मगर हुन् ।

फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, रवि गिरी, सञ्जय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय रहनेछ ।

दशक अगाडिको हिट फिल्म ‘आँधी तुफान’ को सिक्वेलको रुपमा यो फिल्म निर्माण हुन लागेको हो । थ्रीलर र सस्पेन्स बिषयमा बन्न लागेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.