संगित क्षेत्रमा सफल गायिका नेहा भसीन बिग बोसको १५ औँ सिजन बिग बोस ओटीटीमा सहभागी हुन पुगेकी छन् । उनले ‘जग घुमेया’, ‘दिल दिया गल्ला’ र ‘इश्क दी चाशनी’ जस्ता चर्चित गीत गाएकी छन् ।
चर्चित गीतबाहेक उनी समयसमयमा विवादमा पनि आउने गरेकी छन् । उनी आफ्ना जीवनमा थुप्रै विवादमा समेत मुछिएकी छन् ।
उनले अघिल्लो वर्ष न्यूज एजेन्सी आईएएनएससँग कुराकानी गर्ने क्रममा ३७ वर्षीया गायिका नेहाले १० वर्षको उमेरमा शारीरिक शोषणको शिकार भएको बताएकी थिइन् ।
उनले हरिद्वारको एक धार्मिकस्थलमा उनी उनकी आमासँग गएकी थिइन् । उक्त समयमा आमाले उनलाई मन्दिरमा छोडेर गएकी थिइन् ।
‘सोही समयमा अचानक एक व्यक्ति आए र मेरो पछाडि नराम्रो तरिकाले छुन थाल्यो । उसले मेरो पछाडि औँलाले चलाउन थाल्यो र म त्यहाँबाट भागेँ ।’ उनले आफ्ना विगत सुनाउँदै भनिन् ।
नेहाले अगाडि भनिन्, ‘केही वर्ष पछि एक व्यक्तिले मेरो छातीमा गलत तरिकाले हातले छोयो । मलाई त्यो घटना स्पष्ट रुपमा याद छ । मलाई त्यो मेरो नै गल्ती जस्तै लागेको थियो ।
अहिले त मानिसहरु सामाजिक सञ्जालमा छन् । मानिसहरु अहिले यसमा मानसिक, शारीरिक र भावनात्मक र धार्मिक रुपमा मानिसलाई प्रताडित गर्ने गर्छन् ।
म यसलाई अनुहार नभएको आतंकवादी मान्छु ।’ चर्चित गायक अनु मलिक उक्त समय विवादमा आएका जतिबेला सोन मोहपात्रा र श्वेता पाण्डेले उनीमाथि यौन शोषणको आरोप लगाएका थिए ।
अनुमाथि आरोप लागेपछि पनि कारबाही नभएपछि सोन र श्वेताले सामाजिक सञ्जालमा कारबाहीको माग गर्दै एक पोस्ट् लेखेका थिए ।
उक्त पोस्ट्मा नेहाले पनि आफूमाथि पनि नेहाले गलत व्यवहार गरेको भन्दै लेखेकी थिइन्, ‘म २१ वर्षकी थिएँ । म अनु मलिकको अफिस आफ्नो गीतको सिडी लिएर गएकी थिएँ ।
मैले सोचेको थिएँ अनुले मलाई गीत गाउने मौका दिनेछन् तर उनले ममाथि गलत व्यवहार गरे । म उनले नराम्रो व्यवहार देखाएपछि तल आमा हुनुहुन्छ भन्दै भागेको थिएँ ।’ उनलाई समय समयमा धम्की पनि आउने गरेको बताउँदै आएकी छन् ।