सकियो शिल्पाको ‘लाइफ इन एलए’ - Crazysaptahik.com

सकियो शिल्पाको ‘लाइफ इन एलए’

 

फिल्म ‘लाइफ इन एलए’ को छायाँकन सकिएको छ । आइतबार पोखरामा केही दृश्य छायाँकनसँगै फिल्म सकिएको हो । फिल्म सकिएपछि निर्माण युटिन राजधानी फर्किएको छ ।

शिल्पा मास्के, गौरव पहारी, अकेशा विष्ट, व्यास बिस्सु, जेरेड विलप्स, बुद्धि तामाङ, विष्णु गौतम लगायतको मुख्य भूमिका फिल्म दशैंको छेकोमा प्रदर्शनमा आउने निर्माण युनिटले जानकारी दिएको छ ।

वाश इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्मका निर्माता व्यास बिस्सु र राजेन्द्र ठकुरी हुन् भने संसार सुवेदी कार्यकारी निर्मातामा रहेका छन् ।

अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा बनेको फिल्ममा एलिस कार्कीको संगीत, बाबु श्रेष्ठ\क्रिस वारेनको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी समेटिएको छ ।

सरकारले फिल्म छायाँकन अनुमति नदिएपछि निषेधाज्ञा खुकुलो भएसँँगै यो फिल्म सुटिङमा निस्किएको थियो ।

सम्बन्धित खवर