नायिका मौसम मल्लले अभिनय गरेको टेलिश्रृङ्खला ‘बाटुली’को प्रशारण आरम्भ भएको छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यो टेलिश्रृङ्खला न्यूज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ साढे ७ बजे प्रशारण हुनेछ ।
गोपिकृष्ण चापागाँई र नवराज अधिकारीको निर्देशनमा तयार भएको यो श्रृङ्खलालाई २५ बर्ष पुरानो कथामा निर्माण गरिएको हो । मोबाइल युग भन्दा अघि नेपाली गाउँसमाजमा सासु र बुहारी बिच हुने बिभेदलाई टेलिश्रृंखलामा देखाउन खोजिएको निर्देशक गोपिकृष्णले जानकारी दिएका छन् । टेलिश्रृंखलाको कथा पनि गोपिकृष्णले नै लेखेका हुन् ।
टेलिश्रृंखलाको निर्माण नेपालको मध्य जिल्ला नवलपरासी पुर्व (नवलपुर)मा गरिएको हो । टेलिश्रृंखला ‘बाटुली’मा कलाकार मौसमी मल्ल सासुको भूमिकामा देखिदैछन् भने सीपी पौडेल ससुराको भूमिकामा देखिएका छन् ।
यस्तै, श्रृङ्खलामा संगम भुसाल, खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशी रिजाल, समिक्षा लामिछाने, बाल कलाकार खुशी अर्याल लगायतको अभिनय छ ।
अनिल लामिछानेको छायाँकन रहेको टेलिश्रृंखलामा ‘बाटुली’मा शारधा पौडेलको श्रृंगार रहेको छ भने विरेन्द्र भाट विपिनको सम्पादन छ । टेलिश्रृंखला ‘बाटुली’मा निरज पन्थीको सह–निर्देशन छ ।