‘सुपर डान्सर’ को सेटमा फर्किइन् शिल्पा - Crazysaptahik.com

‘सुपर डान्सर’ को सेटमा फर्किइन् शिल्पा

अभिनेत्री शिल्पा शेट्टी डान्स रियालिटी शो ‘सुपर डान्सर ४’ को सेटमा फर्किएकी छन् । अश्लिल भिडियो निर्माणको मामिलामा पति राज कुन्द्रा पक्राउ परेपछि उनले शोबाट ब्रेक लिएकी थिइन् । कुन्द्राको पक्राउ परेपछि शिल्पा पनि विवादमा तानिएकी थिइन् ।

त्यसैले उनले शोबाट ब्रेक लिएकी हुन् । यसै साताबाट भने उनी शोमा फर्किएको मिडिया जनाएका छन् । यसै साता प्रसारण हुने शोमा शिल्पा देखिनेछिन् । शिल्पा शोमा देखिने भएपछि फ्यान उत्साहित भएका छन् ।

शोबाट ब्रेक लिएपछि जजका रुपमा उनको अभाव खड्किएको दर्शकले महशुस गरेका थिए । शिल्पा सन् २०१६ देखि नै यो शोमा निर्णायकको भूमिका निर्वाह गर्दै आएकी छन् । शोमा शिल्पाको अलवा अनुराग बसु र गीता कपूर निर्णायकको रुपमा देखिने गरेका छन् ।

शिल्पाको अनुपस्थितिमा शोमा संगीता बिजलानी, ज्याकी श्राफ, टेरेन्स लुइस, सोनाली बेन्द्रे, मौसमी चटर्जी र करिश्मा कपुर अतिथिका रुपमा सहभागी भएका थिए । शिल्पाका श्रीमान् कुन्द्रा १९ जुलाइमा गिरफ्तारीमा परेका थिए ।

कुन्द्रा पक्राउ परेको भोलिपल्ट शिल्पाले सुपर डान्सरको सुटिङ नगर्ने फैसला लिएकी थिइन् । कुन्द्रा पक्राउ परेपछि शिल्पा समेत सामाजिक सञ्जाल प्रयोगकर्ताको तारो बनेकी थिइन् ।

सम्बन्धित खवर