टिकटकमा जो पनि नाँचिरहेका छन्, कलाकारले फरक के दिने भनेर सोच्नुपर्छ : राजेश हमाल - Crazysaptahik.com

टिकटकमा जो पनि नाँचिरहेका छन्, कलाकारले फरक के दिने भनेर सोच्नुपर्छ : राजेश हमाल

नेपाली चलचित्रका सफल नायक राजेश हमालले अहिले टिकटकमा हरेक वर्गका मानिसहरुको आकर्षण देखेर आफू छक्क परेको बताएका छन् ।  एक कार्यक्रममा बोल्दै हमालले भने–‘हामीले चलचित्रमा काम गर्दाको समयमा कुनै स्थानिय बासिन्दालाई पृष्ठभूमीमा अभिनय गरिदिनुहोस् न भन्दा उहाँहरु लजाउनु हुन्थ्यो ।

तर, अहिले टिकटक देखेर म त छक्कै पर्छु । नातीदेखि हजुरआमासम्म सबैले टिकटकमा आफ्नो कला देखाइरहनुभएको छ । यसैले, चलचित्र क्षेत्रमा केही गर्छु भनेर आउने नयाँ पुस्तालाई भयंकर चुनौती छ ।’

उनले अगाडि भने–‘यही क्षेत्रमा करिअर बनाउनका लागि, उत्कृष्ट हुनका लागि चुनौती छ । सामान्य व्यक्ति र कलाकार कसरी छुट्टिने भन्ने अवस्था छ । अहिले त टिकटकमा कलाकार पनि नाचिरहेका छन् ।

अब, कलाकारले फरक के ल्याउन सक्छन्, के नयाँ दिन सक्छन् भन्ने मुख्य कुरा हो ।’  हमालले नेपाली समुदायममा चलचित्रको प्रभाव गहिरो रहेको बताए । उनले भने–‘हुनत कुनै निर्देशकले बनाएको हो, कलाकारले पनि अभिनय गरेको हो भन्ने सबैले वुझेका छन् ।

तर, पनि चलचित्र हेरेपछि दर्शकमा पर्ने प्रभाव निक्कै गहिरो छ ।’ चलचित्र क्षेत्रमा प्रवेश गर्दाको समयमा एउटा चलचित्रमा काम गरेपछि अर्को कहिले पाउँछु भन्ने अवस्था रहेको समेत उनले सुनाए ।

सम्बन्धित खवर