कियाराको फ्यानलाई आग्रह–‘नायिकाहरु पनि मान्छे हुन् भनेर वुझिदिनुहोस्’ - Crazysaptahik.com

कियाराको फ्यानलाई आग्रह–‘नायिकाहरु पनि मान्छे हुन् भनेर वुझिदिनुहोस्’

नायिका कियारा आडवाणी बलिउडमा सफल छिन् । उनले अभिनय गरेको चलचित्र ‘शेरशाह’ले ओटीटी प्लेटफर्ममा तारिफ कमाइरहेको छ । एकपछि अर्को चलचित्र हिट भएपछि कियाराले दर्शकमाझ राम्रो छाप पनि छाडेकी छिन् ।

उनै, कियराले सामाजिक संजालमा नकारात्मक प्रतिक्रिया दिने दर्शकलाई भनेकी छिन्–‘नायिका पनि मानिस हुन् । उनीहरुको पनि भावना हुन्छ । उनीहरु संवेदनशिल हुन्छन् भनेर वुझ्न आवश्यक छ ।’

कियाराले सामाजिक संजालमा आउने प्रतिक्रियालाई आफूले वास्ता नगर्ने बताइन् । तर, कहिलेकाही यसले आफूलाई प्रभाव पार्ने उनको तर्क छ । उनले भनिन्–‘म सधै नै एक सामान्य दिनको अपेक्षा गर्दछु ।

यसैले पनि म प्रतिक्रियाहरुमा खासै वास्ता गर्दिनँ । हामी पनि एक मानिस हौं । तर, कहिलेकाही मेरो ममी र ड्याडीले प्रतिक्रियाहरु पढ्नुभयो होला भनेर म सोच्छु । उहाँहरुलाई मेरो बारेमा आएका नराम्रा प्रतिक्रियाहरु मन नपरेपनि उहाँहरुले पढ्नुभयो होला भन्ने मेरो दिमागमा आउँछ ।’

कियाराले सामाजिक संजालमा आफ्नो बारेमा आउने प्रतिक्रियाहरु आफ्ना माता–पिताले दैनिक पढ्ने गरेको पनि खुलाएकी छिन् ।  आफ्ना माता–पिताहरु प्रतिक्रियामा रमाउने उनको तर्क छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.