'रेलिमाई २' बजारमा (भिडियो) - Crazysaptahik.com

‘रेलिमाई २’ बजारमा (भिडियो)

‘रेलिमाई’को सफलतापछि गायक तथा मोडल आर्जनले ‘रेलिमाई २’ लिएर आएका छन्। गीतको भिडियो आइतबार रिलिज गरिएको छ।  रेलिमाई सिक्वेललाई आर्जनले ‘झिमिक्कै परेली’ शिर्षक दिएका छन्। फिमेल भोकलमा मेलिना राईले साथ दिँदा भिडियोमा भने आर्जनले अभिनेत्री केकी अधिकारीसँग जोडी बाँधेका छन्। रोचक कुरा त के छ भने आर्जन र केकी प्रेमी प्रेमिका रहेको दाबी सहित मिडियामा विभिन्न गसिप तथा समाचारहरु आइरहँदा यो पटक दुबै जना एकसाथ भिडियोमा देखिएका छन्। जुनकुराले आर्जन र केकीको सामिप्यतालाई आंकलन गर्नरहरुलाई थप बल पुर्याएको छ। विशाल भण्डारीले निर्देशन गरेको भिडियोमा सम्पादन प्रविण श्रेष्ठको छ भने छायाँकन अर्जुन तिवारी एण्ड टिमको छ। गीतमा संगीत भने प्रतिक पौडेलले भरेका छन्। रेसुभिल्ला आसपासमा खिचिएको गीतको भिडियोलाई निर्देशक भण्डारीले फिल्मी शैलीमा आकर्षक बनाएका छन्। आठ महिना पहिले रिलिज गीत ‘रेलिमाई’ले सांगितिक क्षेत्रमा चर्चा कमाएको थियो। सामाजिक सञ्जालदेखि लाखौं श्रोता तथा दर्शकको मानसपटलमा बस्न सफल आर्जन पाण्डे र इन्दिरा जोशीले स्वर भरेको यो गीत हालसम्म युट्युवमा ७५ लाख बढि पटक हेरिएको छ। गीतको भिडियोमा आर्जन र ईन्दिरा नै फिचर छन्।

भिडियो :

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.