अमिताभको शोमा दीपिकाले भनिन्–‘डिप्रेशनका कारण बाँच्न मन लाग्न छोडेको थियो’ - Crazysaptahik.com

अमिताभको शोमा दीपिकाले भनिन्–‘डिप्रेशनका कारण बाँच्न मन लाग्न छोडेको थियो’

नायिका दीपिका पादुकोणले आफूलाई डिप्रेशनका कारण बाच्नै मन लाग्न छाडेको खुलाएकी छिन् । ‘कौन बनेगा करोडपति १३’मा निर्देशक फराह खानको साथमा पुगेकी दीपिकाले अमिताभ बच्चनसँग खुलेरै कुरा गरिन् ।

उनले, डिप्रेशनका कारण दिमागमा धेरै नकारात्मक कुरा आउने गरेको समेत बताइन् । डिप्रेशन भएको कसरी थाहा भयो भनेर अमिताभले सोधेको प्रश्नको दीपिकाले भनिन्–‘मलाई काम गर्न मन लाग्न छाडेको थियो ।

मलाई कोही पनि मानिसँग भेटघाट गर्न मन लाग्दैनथ्यो । मैले आफू भित्र निक्कै एक्लोपना महशुश गर्थेँ । कहिलेकाही जीवन जिउनुको कारण नै केही छैन जस्तो लाग्थ्यो । यो जिन्दगीबाट मेरो मन सकिएको थियो ।’

दीपिकाले सो समयमा आफू निक्कै रोएको पनि बताइन् । उनले भनिन्–‘जब मेरी आमाले मेरो अवस्थाको बारेमा थाहा पाउनुभयो । यसपछि एकजना डाक्टरसँग भेट्नुपर्छ भनेर उहाँले नै पहल गर्नुभएको हो ।’

डिप्रेशनको बिषयमा खुलेरै कुरा गरेको भन्दै कार्यक्रमका संचालक अमिताभ बच्चनले दीपिकाको प्रशंसा गरेका थिए । नायक रणवीर कपुरसँग ब्रेकअप भएपछि दीपिका डिप्रेशनको शिकार बनेकी थिइन् । पछि, नायक रणवीर सिंहसँग भेट भएपछि दीपिका विस्तारै यो रोगबाट बाहिर निस्किएकी थिइन् ।

सम्बन्धित खवर