‘मेट गाला २०२१’मा अनुहार समेत ढाकेर पुगिन् किम - Crazysaptahik.com

‘मेट गाला २०२१’मा अनुहार समेत ढाकेर पुगिन् किम

हलिउड सुन्दरी किम कार्दशियन फेसनका कारण सधै चर्चामा रहन्छिन् । किम अहिले आफ्नो बोल्ड फोटोसुटका कारण चर्चामा रहन्छिन् भने कहिले फरक शैलीको फेसनका कारण उनको चर्चा हुने गर्दछ । उनै, किमले ‘मेट गाला २०२१’ मा पुग्दा लगाएको पहिरनले यतिबेला बहस पैदा गरेको छ ।

न्यूयोर्क सिटीमा किम आफ्नो पुरै शरीर ढाकेर पुगेकी थिइन् । अनुहारमा समेत उनले ढाकेकी थिइन् । ४० बर्षकी यी सुन्दरी फेसन विकमा पुग्नु अगाडि रिट्ज कार्लटन होटलमा बसेकी थिइन् । उनले, होटलबाट बाहिर निस्कनु अगाडि नै आफ्नो फरक फेसन अवतार इन्टरनेटमा पोष्ट गरेकी थिइन् ।

किमले कालो छालाको जिप अप फेस मास्क लगाएकी थिइन् । सोही रंगको ट्रेन्च कोट, पाइन्ट, पन्जा र स्टिलेटो जुत्ता समेत उनले लगाएकी थिइन् । किमको यो पहिरनको डिजाइन फेसन डिजाइनर डेम्ना ग्वासलियाले गरेका हुन् ।

सम्बन्धित खवर