कहिले खुल्छ फिल्म हल ? - Crazysaptahik.com

कहिले खुल्छ फिल्म हल ?

सरकारले केही अगाडि नै खोल्ने अनुमति दिए पनि फिल्म हल अझै खुल्न सकेन । लामो समयदेखि बन्द रहेको फिल्म हल खोल्दा दर्शक आउने हुन् वा होइनन् । रिलिजको सुरुवात कस्तो फिल्मबाट गर्ने ? लगायतका बिषयमा चलचित्र संघले ठोस निर्णय गर्न नसक्दा फिल्म रिलिज अझै अन्योल बनेको छ ।

सरकारबाट हल खोल्ने अनुमति लिँदा छिट्टै फिल्म रिलिज गर्ने धारणा चलचित्र संघले राखेको थियो । तर एक महिना बितिसक्दा पनि फिल्म हल खुल्न भने सकेको छैन । चलचित्र संघका महासचिव अशोक शर्माले फिल्म प्रदर्शनको सुरुवात कस्तो फिल्मबाट गर्ने भन्ने बिषय अझै अन्योल रहेकोले फिल्म हल खुल्न नसकेको बताए ।

‘फिल्म रिलिज सुरुवातको बिषयमा आज साँझ चलचित्र संघमा फाइनल मिटिङ छ । त्यसपछि मात्र फिल्म हल कहिले खुल्छ भन्न सकिन्छ’ शर्माले भने ‘आजको मिटिङले कस्तो फिल्म, कसरी रिलिज गर्ने भन्ने बिषयमा टुङ्गो लगाउनेछ ।’

दसैंका लागि सबै हल खुल्ने र नयाँ फिल्म पनि रिलिज हुने शर्माको भनाई रहेको छ ।गत महिना नै काठमाडौंसहित देशका विभिन्न जिल्लाका प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर फिल्म हल खोल्ने अनुमति दिएपनि खुल्न सकेको छैन ।

सम्बन्धित खवर