‘जर्सीदेखि बच्चन पाण्डे’सम्मः एकैदिन १२ बलिउड फिल्मको रिलिज मिति घोेषणा - Crazysaptahik.com

‘जर्सीदेखि बच्चन पाण्डे’सम्मः एकैदिन १२ बलिउड फिल्मको रिलिज मिति घोेषणा

अक्टुबर २२ तारिखबाट महाराष्ट्र सरकारले हल खोल्न दिने निर्णय गरेसँगै बलिउड चलचित्रकर्मीहरु चलचित्र प्रदर्शनका लागि मिति घोेषणा गर्न तछाडमछाड देखिएका छन् । पहिलो चरणकोे कोरोनाका महामारीका कारण रोकिएका दर्जनौ बलिउड चलचित्रदेखि लकडाउनपछि छायांकन भएका चलचित्रको प्रदर्शन मिति धमाधम घोषणा हुन थालेको छ ।

आइतबार मात्र १२ बलिउड चलचित्रको प्रदर्शन मिति तय भएको छ । जसमा, ‘सूर्यवंशी, बन्टी और बब्ली २, पृथ्वीराज, जयश भाई जोरदार र शम्शेरा’ छन् । यस्तै, नाडियाडवाला ग्रान्डसनको ब्यानरमा बनेका ४ चलचित्रको प्रदर्शन मिति पनि घोषण गरिएको छ । जसमा ‘तडप’ डिसेम्बर ३ तारिखमा रिलिज हुने भएको छ । यस्तै, रणवीर सिंहको मुख्य भूमिका रहेको चलचित्र ‘८३’ यो बर्षको क्रिसमसमा रिलिज हुने भएको छ ।

नायक अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘बच्चन पाण्डे’ सन् २०२२ को मार्च ४ तारिखमा रिलिज हुने भएको छ भने नायक टाइगर श्राफको मुख्य भूमिका रहेको चलचित्र ‘हिरोपन्थी’ सन् २००२ कोे मे ६ मा रिलिज हुने भएको छ ।

यस्तै, नायक अजय देवगणले निर्माण गरेको चलचित्र ‘मेडे’को पनि प्रदर्शन मिति तय भएको छ । यो चलचित्र सन् २०२२ को अप्रिल २९ तारिखबाट रिलिज हुने भएको छ ।नायक शाहिद कपुरको प्रतिक्षित चलचित्र ‘जर्सी’को पनि प्रदर्शन मिति तय गरिएको छ ।

यो चलचित्र डिसेम्बर ३१ बाट रिलिज हुने भएको छ । यस्तै, कार्तिक आर्यन, कियरा आडवाणी, तबु लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र ‘भूलभूलैया २’को पनि प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र सन् २०२२ को मार्च २५ बाट रिलिज हुने भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.