अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको प्रेम सबैलाई थाहा भएकै विषय हो । दुबैको केही अगाडि विवाह हल्ला समेत चलेको थियो । कोरोनाका कारण विवाहको चर्चा त्यसै सेलायो ।
यी नै जोडी अभिनित फिल्म ‘राधा : द सेक्रेट्स अफ राधा’ को फष्टलुक सार्वजनिक गरिएको छ । फिल्मका निर्देशक तथा निर्माता सुवर्ण थापाले सामाजिक सञ्जालमार्फत फिल्मको एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेका हुन् ।
पोस्टरमा सृष्टि गम्भीर तथा चिन्तित मुद्रामा देखिएकी छन् । थुप्रै कलाकारले भरिएको फिल्म ‘राधा’ को फष्टलुकमा सृष्७शधव;टि मात्र समेटिनूलाई धेरैले आश्चर्य प्रकट गरेका छन् । निषेधाज्ञापछि छायाँकन भएको फिल्ममा सौगात र सृष्टिका अलावा खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुस्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ ।
अभिनेता दयाहाङ राई र निश्चल बस्नेत समेत विषेश भूमिकामा देखिने फिल्म निर्देशक थापाले सौगात मिलेर बनाएका हुन् । आदियोगी भिजन, मण्डला अनलाइन, महारानी इन्टरटेनमेन्टको र महा प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।